नेपाल नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

शनिबार, असार १४, २०८२

काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभा बैठकबाट पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले पेस गरेको नेपाल नागरिकता दोस्रो संशोधन विधेयक बहुमतले पारित भएको हो । त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नेपाली नागरिकलाई नागरिकताविहीन हुनुपर्ने अवस्था अव नरहने बताए । नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बताउन नयाँ विधेयक ल्याएको उनले बताए ।  प्रतिनिधिसभाका बैठक आइतबार १ बजे बस्ने गरी स्थगित भएको छ । आइतबार बस्ने बैठकमा संघीय निजामती सेवा विधेयक २०८२ लाई पारित गर्ने कार्यसूची रहेको छ ।

Watermark-Zone-(4)-1751118279.jpg
 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १९:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार