सोसल मिडिया
Contact Us
युनिकोड
रौतहट ।बारा प्रहरीले २ सय १२ किलो लागुऔषधगाजासहित चार जनालाई पक्राउ गरेको छ । मकवानपुरको हेटौंडाबाट प्रर्सौनी गण्डकतर्फ आउँदै गरेको प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई शनिबार बिहान चेकजांच गर्ने क्रममाउक्त परिमाणको लागुऔषध गाजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्लाप्रहरी कार्यालय बारा, ईलाकाप्रहरी कार्यलय सिमरा र प्रसौनी बारा बाट खटिएको सयुक्त टोलीले परवानीपुर गाउँपालिका वाड न ५ बहुअरीबाट लागुऔषधगाजा बरामद गरेको प्रहरीले उल्लेख गरेको छ । पिकअप गाडीमा धानको भुष भित्र लुकाइराखेको अवस्थामा२ सय १२ किलो ९२८ ग्राम लागुऔषध गाजा बरामद गरिएको बारा प्रहरीका प्रवक्तातथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । उनका अनुसार मकवानपुर थाहा नगरपालिका वाड न ४ का गाडी चालकबर्ष २८ को रवि कार्की , थाहा नगरपालिका वाड न १२ का बर्ष ४३ क वीर बहादुर गोले , हेटौंडा नगरपालिका १४ बस्ने बर्ष २३ को साजन मोक्तान र धादिङ थाक्रे गाउँपालिका वाड न ७ बस्ने बर्ष ३१ का महेश तामाङलाई पक्राउ गरिएको उनले जानकारी दिए । उनीहरु पिकअप गाडीमा सवार रहेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भै रहेको जिल्लाप्रहरी कार्यालय बाराले जनाएको छ ।