सोसल मिडिया
Contact Us
युनिकोड
सिरहा ।अर्नमा गाउँपालिकाको वडा नं। १ बुढियाचाप गाउँमा एक दलित युवाको शव फेला परेको छ । मृतक स्थानीय ३४ वर्षीय अजय महरा हुन् ।घरबाट करिब एक किलोमिटरको दुरीमा मुनिफ अली मन्सुरीको धानखेत नजिक महराको शवफेला परेको हो । मन्सुरीले खेतमा बाली कुर्न बनाएको मचान छेउमा शव फेला परेको हो । स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्लाप्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथाप्रहरी नायव उपरीक्षक बीरेन्द्र पासवानका अनुसार सूचना पाउना साथ घटनास्थलमा गएर अनुसन्धान थालिएको छ । मृतक महराको शवमा घाँटीमा प्लास्टिक बेरिएको अवस्थामा भेटिएको घटनास्थल प्रकृति देखिएको छ । शवको छेउमा रक्सीको बोतल र गिलास पनि फेला परेको छ । मृतकको शव पोष्टमार्टमका लागि सिरहा प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । स्थानीयले बताए अनुसार शुक्रबार राति अवेर सम्म मृतक महरा घरमै थिए । बिहान एक्कासी उनको शव भेटियो । उनी शुक्रबार राति९ बजे पत्नीलाई भनेर घरबाट निस्किएका थिए ।प्रहरीले घटना शंकास्पदभएपनिकुनै सुराक फेला नपरेको जनाएको छ । मृतक महराका दुई छोरा र एक पत्नी छन् । उनी मजदुरी गरेर परिवार पाल्दै आएकाथिए ।