माधव नेपाललाई अध्यक्षबाट हटाउने विषय प्राथमिकतामा छैन् : पाण्डे

शनिबार, असार १४, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेलेपार्टी अध्यक्ष माधवकुमार नेपाललाई पार्टीभित्रको जिम्मेवारीबाट हटाउने नहटाउने कुरा पार्टीको विधानअनुसार हुने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठक पश्चात उनले अध्यक्षको सांसद पद निलम्बनहुनुकानूनीव्यवस्थाभएको भन्दै यसलाई जोडेर पार्टीभित्रको जिम्मेवारीबाट पनि निलम्बन गर्नुपर्छ भन्ने कुरा नमिल्ने बताए । उनले भने, ‘यस्तो मुद्दा राजनीतिकर्मीहरुलाई आइराख्छ । त्यसकारण मुद्दा एउटा ठाँउमा होला, संसदीय फाँटको काम एउटा ठाँउमा हुन्छ । पार्टीको कामको फाँट प्रक्रियाअर्को ठाँउमा हुन्छ । त्यसकारण मुद्दा लागिसकेपछि सांसद पद स्वत निलम्बन भएको छ । त्यो कानूनी व्यवस्था हो । तर यसलाई जोडेर पार्टीभित्रको जिम्मेवारीलाई पनि त्यसैगरि निलम्बन गर्नुपर्छ भन्ने कुरा रहदैँन् । पार्टी पद्धती, विधान जस्तो छ त्यही हिसाबले अगाडि बढ्ने हो ।’ यस्तै, उनले आजको समयविचारहरु राख्ने र जिल्ला, प्रदेशको रिपोर्टिङमै गएको भन्दै भोलीकोबैठकले निर्णय निकाल्न सक्ने बताए । 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार