भोटेकोशीमा भएको बालिका बलात्कारको घटनालाई गम्भीरतापूर्वक लिन माग

शनिबार, असार १४, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेकपामाओवाद (केन्द्र)का नेतामाधव सापकोटाले सिन्धुपाल्चोकको भोटेकोशीगाउँपालिकामाभएकोबालिकाबलात्कारको घटनामा संलग्नलाई हदैसम्मको कारवाहीको माग गरेका छन् । शनिवार बसेको प्रतिनिधि सभामाबोल्दै उनले घटनामा संलग्न पाँच जना लाई नियन्त्रणलिन सफलभएको प्रहरी उपरिक्षक रामेश्वर कार्कीसहित नेपालप्रहरीलाई आभार व्यक्तगर्दै यो घटनालाई गम्भिरतापूर्वक लिन सरकारलाई आग्रह समेत गरेका हुन् । उनले भने, ‘बालिकाबलात्कारको घटना मात्र होइन समाजमा कस्तो प्रकारको अपराधिक मानसिकता छ भन्ने कुरा देखिनगएको छ । यसलाई निकै गम्भिरतापूर्वक लिन जरुरी छ । दोषीलाई अधिकतम प्रकारको कारवाही गर्ने र पीडितपरिवारलाई शिघ्र राहत र न्यायिक सहायता एवम मनोवैज्ञानिक परामर्शका लागि वातावरण बनाउने र यस्ता घटनाहरु पूर्नरावृत्ति हुन नदिनकोलागिप्रभावकारी उपायअपनाउन अनुरोध छ ।’  उनले थपभने,‘यो घटनाले हामीलाई पीडादायी अवस्था सिर्जना गराएको छ । क्षेदीखोला बाट प्रहरीले सुजबुझ तरिकाबाट शव फेला पार्यो । त्यसपछि गम्भीर अनुसन्धान गरी घटनामा संलङग ५ जना अपराधीहरुलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया जारी राखेको छ ।’ सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउपालिकाकी १२ वर्षीय निषा तामाङ्ग ७ कक्षामा पढ्ने अबोध बालिकालाई सामूहिकबलात्कार गरी हत्या गरेर फ्याकिएको अवस्थामागत ११ गते शव फेला परेको थियो । 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार