सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशनकार्कीले गृहमन्त्रीलेमानव तस्करीको नाममानिमूखा नेपालीजनताहरुमाथि लुट मच्चाएको आरोप लगाएकी छिन् । शनिबार प्रतिनिधि सभाको बैठकमा उनले बीपी कोइरालाको भनाइको प्रसंग जोड्दैनेताको अन्याय सहेर बस्ने चरम अवसरवादीहरु र दासहुने भन्दै सत्तापक्षलाई कुनवर्गमा परेको भनेर पनिप्रश्न गरिन् । उनले भनिन्, ‘गृहमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममानिमुखा नेपालीजनताहरुलाई किन लुटिददैछन् । तपाईसँग यसको जवाफ छ । अर्कोपनि एउटा सुझाव छ, बीपीले भन्नु भएको थियो, जो कार्यकर्ताहरु नेताको अन्याय सहेर बस्छन् । कि त उनीहरु चरम अवसरवादीहरु हुन्, कि त दास हुन् ।म सोध्न चाहन्छु तपाईहरु कुनवर्गमा पर्नुहुन्छ ।’ यस्तै, उनले गृहमन्त्रीले आफू उम्किने समितिबनाएकोमा बधाइभन्दै धेरे समय उम्केर बस्न नसक्ने बताइन् । उनले भनिन्, ‘मैले त गृहमन्त्रीलाई अलिकति सोझो मानेको थिए । उहाँ त धेरै बाठो हुनुहँुदोरहेछ ।उहाँले यस्तो समितिबनाउनु भयो कित्यो समितिबाट उहाँलाई फुत्किनलाई धेरै सजिलो भयो। र कमाई बचाउनको लागिपनि धेरै सजिलो भयो । गृहमन्त्रीज्यू धेरै फूर्ती नदेखाउनु । तपाईले भिजिट भिसाको नाममाजुनपैसा असुली गरिराख्नु भएको छ । नेपालीजनतालाई बेचिराख्नु भएको छ । के यो नैतिकताले दिन्छ । आफू उम्किने समितिबनाउनु भएको छतपाइँलाई बधाइभन्न चाहन्छु । तर उम्केर बस्न सक्नु हुदैँन् । तपाईसँग नैतिकता छ भने राजीनामा दिनुपर्छ ।’