अमेरिकी अर्थतन्त्र संकुचित अवस्थामा

शुक्रबार, असार १३, २०८२
Global Ime Bank

एजेन्सी । यस वर्षको पहिलो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र तीन वर्षमा पहिलो पटक संकुचित भएको छ। अमेरिकी वाणिज्य विभागले बिहीबार जारी गरेको तथ्याङ्कअनुसार पछिल्लो तीन बर्षमा पहिलो पटक संकुचित भएको हो । जनवरी–मार्च अवधिमा कुल गार्हस्थ्य उत्पादन वार्षिक ०.५ प्रतिशतको दरले घटेको छ, जुन अघिल्लो अनुमानभन्दा ०.३ प्रतिशत बिन्दुले घटेको हो । पहिलो त्रैमासिकमा अमेरिकी आर्थिक अवस्थामा मुख्यतया बढ्दो आयात र सुस्त उपभोक्ता खर्च जस्ता कारकहरूले भएको प्रतिवेदनमा उल्लेख छ । पहिलो त्रैमासिकमा आयात ३७.९ प्रतिशतले बढेको छ र यसले कुल गार्हस्थ्य उत्पादनमा ४.६६ प्रतिशतको संकुचन ल्याएको प्रतिवेदनमा उल्लेख छ। पहिलो त्रैमासिकको अवधीमा वृद्धि दर बढ्दो आयातले रोकिएको थियो । किनभने अमेरिकी फर्महरूले व्यापक कर लागू हुनुभन्दा पहिले विदेशी सामानहरू खरिद गर्न हतार गरेको उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व अर्थतन्त्रलाई नै असर पार्न सक्ने आर्थिक नीतिहरु लागू गरेपछि  अर्थतन्त्र संकुचित बनेको बताइन्छ ।  अमेरिकी अर्थतन्त्रको लगभग ७० प्रतिशत ओगटेको व्यक्तिगत उपभोग खर्च, त्रैमासिक दर ०.५ प्रतिशतले मात्र बढेको देखिन्छ । जुन अघिल्लो अनुमानमा १.२ प्रतिशतबाट उल्लेखनीय रूपमा घटेको हो । (सीसीटीभीप्लस)

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार