गायिकाद्दय चौहान र अधिकारी अभियानमा दिपकराजकाे साथ

शुक्रबार, असार १३, २०८२
Global Ime Bank

 

काठमाडौं । कलाकार दिपकराज गिरी गायिकद्दय एलिना चौहान र समिक्षा अधिकारीको पक्षमा खुलेका छन् । आफ्नो बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूको तस्विर र नाम सार्बजनिक गरिरहेका गायिकद्दय चौहान र अधिकारीको पक्षमा दिपकराज खुलेका हुन् ।  उनीहरूको यो अभियानले राम्रो सन्देश दिएको भन्दै सामाजिक सञ्जालमा गाली गलौंज गर्ने, अश्लिल कमेन्ट गर्नेबिरूद्द एकजुट भएर सामाना गर्नु पर्ने पनि गिरीले खुलाएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,

यी दुइटै गायीका मलाइ मन पर्ने गायीका हुन् ! त्यो मध्य पनि समिक्षाको त म गायकी को मात्रै होइन सूरूदेखि उनको साहसको पनि प्रसंसक हूँ !  सानो उमेरमा नै उनि माथि जुन बज्रपात पर्यो त्यो ठॉउमा जो कोही भएपनि टिक्न सक्दैनथ्यो होला तर  उनिले परिस्थितिसँग घूडाँ टेकिनन र लड्दै आइन  त्यस्कै फलस्वरूप आज यहाँ पुगिन् ! सामाजिक संजाल कस्तो छ ? आफूले समाजको लागि ,परिवारको लागि राष्ट्रको लागि दुइ कौडिको काम नगर्ने , तर जो काम गर्नेहरू छन् तिनिहरू लाइ नैतिकता सिकाउने, गालि गलौच गर्ने , तं यस्तो, त उस्तो भनेर अभद्रता देखाउने , चरित्र माथि औला उठाउने ! यस्तै चलिआएको छ ‘। पैसा कमाएकाहरू सबै भ्रष्टाचारी, नाम कमाएका कलाकार ,पेशाकर्मी सबै नैतिकताहिन, चरित्र खराब, देशमा सबै अज्ञानि आफू मात्रै साधु सन्त ज्ञानि ‘। आफूले समाज र राष्ट्रको लागि सिन्को नभॉच्ने  देशै खतम, नेतै खतम,केहि गर्न सकिन्न यॉहा , भन्ने  जतिबेला फ्रष्टेटेड कुरा गर्ने , अनि गॉउ देखि आएर संघर्ष गरेर , भोकभोकै बसेर संघर्ष गरेर , हिम्मत नहारेर आफूलाइ स्थापित गरेकाहरूलाइ चाहि  गाली गलौच  गर्यो अनेकथरि लान्छना लगायो बस्यो ! यो ठॉउमा जस्ले जति गालि गर्न सक्यो त्यो हिरो  चूपचाप आफ्नो काम गरेर खाने पात्रहरू चाहि खलनायकरु  ब्यक्तिगत जीवनमा कस्को तलमाथि हुन्न र ? को चाहन्छ खराब होस, तर भैदिन सक्छ कहिलेकाँही ! को छ यहॉ कमजोरी बिहिन मान्छे र ? एउटै पेशामा भएका प्रतिष्पर्धीहरूकै संग्लग्नतामा पनि यस्ता गालि किन्ने र बेच्ने काम भैरहेको अबस्था छ ! यस्ता उत्श्रृखलता बिरूद्द साइवरमा  गयो कानून नै कमजोर, ठूला नेतालाइ गालि गर्यो भने समातेर तु कारबाहि सूरू गरिहाल्ने तर अन्य मानिसहरूलाइ गरिएको गालि गलौचको त रिपोर्ट भए पनि कस्ले सुन्नेरु सुने पनि बर्षौ लाग्ने, त्यसकै पछि लागिरहने फूर्सद कॉहा पाउनु फेरी ? यस्तो जटिल परिस्थितिमा, आफू माथि खनिने त्यस्ता सामाजिक संजालका फूर्सदिला गालि सम्राटहरूलाइ तिमिहरूले सामाजिक सञ्जालमै उनिहरूका हर्कत उदॉगो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनिए छ ! दूबै जनालाइ शुभकामना ! जय नेपाल !!!

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १३:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार