सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार इटलीको राजधानी रोम जाँदैछिन् । खाद्य तथा कृषि संगठन एफएओको ४४ औं सम्मेलनमा भाग लिन मन्त्री राणा आज रोम जान लागेकी हुन् । परराष्ट्रमन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी र पराष्ट्र मन्त्रालयकै केही कर्मचारीहरु सहभागी हुने छन् । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन शनिबारदेखि बिहीबारसम्म हुनेछ । राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।