सोसल मिडिया
Contact Us
युनिकोड
एजेन्सी । द्वन्द्वग्रस्त इरानको मशहदमा फसेका तीन नेपालीसहित २७२ भारतीय नागरिक भारत आइपुगेका छन् । नेपाली र भारतीय नागरिक बोकेको विशेष उडान हिजो(बुधबार) राति अबेर नयाँ दिल्लीमा सुरक्षित अवतरण भएको छ । ‘अपरेशन सिन्धु’अन्तर्गत उद्धार गरिएका मानिसहरूको कुल संख्या ३,४२६ पुगेको छ। विस्थापितहरूले अपरेशन सिन्धु अन्तर्गत द्वन्द्वग्रस्त इरानबाट उनीहरूलाई उद्धार गरेकोमा इरानी र भारतीय सरकारलाई धन्यवाद दिए। एएनआईसँग कुरा गर्दै इरानबाट फर्किएका एक भारतीय उद्धारकर्ताले भने, ‘म मेरो सरकारलाई, विशेष गरी प्रधानमन्त्रीलाई धन्यवाद दिन्छु। हामीले कुनै कठिनाइको सामना नगरी आइपुगेका छौं । इरानी र भारतीय दुवै सरकारले धेरै राम्रो व्यवहार गरे।’ अर्का उद्धारकर्ताले भने,‘हामीलाई फिर्ता ल्याएकोमा हामी सरकारप्रति आभारी छौं। यदि त्यहाँ अवस्था बिग्रिएको भए, फर्कन गाह्रो हुने थियो ।’ इरान र इजरायलबीच बढ्दो द्वन्द्वको बीचमा अपरेशन सिन्धु सुरु गरिएको थियो । यता, नेपालले भारत सरकारलाई आफ्ना नागरिकहरुको उद्धारका लागि आग्रह गरेको थियो । परराष्ट्रमन्त्री आरजु राणाले इरानमा १६ जना नेपालीलाई उद्धार गरिदिन आग्रह गरेकी थिइन् । बुधबार मसहदस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएका सात जना नेपालीको उद्धार समेत गरिएको थियो अध्यागमन प्रशासनले एक्जिट परमिट नभएको भन्दै मंगलबार उनीहरुलाई फर्काएको थियो ।