‘लागूऔषध दुव्र्यसनीको न्यूनिकरणको लागि सबै निकायहरुबीच समन्वय आवश्यक’ 

बिहीबार, असार १२, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लागूऔषध दुव्र्यसनीको न्यूनिकरणको लागि सरकार लागि परेको बताएका छन् ।  बिहीबार पोखरामा आयोजित अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कास्की जिल्ला लागू औषधको प्रयोगबाट सबैभन्दा प्रभावित रहेको बताउँदै यसलाई घटाउन  र दुरुत्साहित गर्न नागरिक समाज,संघ संस्थाहरु र सरकारी निकायहरु मिलेर काम गर्नुपर्ने धारणा राखे ।  उनले भने,‘लागू औषधको प्रयोगबाट प्रभावित युवाहरुको जनसङख्या हेर्न हो भने डर लाग्दो छ । कास्की जिल्ला सबैभन्दा बढि प्रभावित जिल्लामा पर्छ । यसलाई हामीले कसरी घटाउन सकिन्छ । कसरी दुरुत्साहित गर्न सकिन्छ त्यो तर्फ नागरिक समाज,संघ संस्थाहरु र सरकारी निकायहरु मिलेर काम गर्नुपर्ने छ ।’ त्यस्तै उनले गण्डकी प्रदेशले लागूऔषध दुव्र्यसनको विरुद्धमा सचेतना फैलाउनको लागि नेपाल प्रहरीसँग साझेदारी गरेर विद्यालयहरु र स्थानीय तहहरुमा सचेतना अभियान सञ्चालन गर्दै आइरहेको पनि जानकारी गराए । सिमित पैसाको लोभमा लागू पदार्थको रुपमा प्रयोग हुने औषधिहरु अवैध रुपमा बेचेर समाजलाई ध्वस्त पार्ने काम बन्द गर्न उनले औषधी व्यवसायीलाई निर्देशन दिए ।  उनले भने,‘गण्डकी प्रदेशले पनि यो दुव्र्यसनको विरुद्धमा सचेतना फैलाउनको लागि हामीले नेपाल प्रहरीसँग साझेदारी गरेर विद्यालयहरु र स्थानीय तहहरुमा सचेतना अभियान सञ्चालन गर्दै आइरहेको छौं । औषधी व्यवसायी साथिहरुले पनि लागू पदार्थको रुपमा प्रयोग हुने जुन औषधीहरु छन्,त्यो अवैध रुपमा नबेच्न आग्रह गर्छु । सिमित पैसाको लोभमा समाजलाई ध्वस्त पार्ने काम कसैले नगरौं ।’ 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार