विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा

सरकारको एक वर्ष सन्तोषजनक : एमाले
बुधबार, असार ११, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेकपा (एमाले) को बुधबारको केन्द्रीय सचिवालयको बैठकले वर्तमान सरकारको एक वर्षको अवधिलाई सन्तोषजन, सफल र प्रभावकारी भएको मूूल्याङ्कन गरेको छ । प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा भएको बैठकमा मुलुकमा स्थिरता र सुशासनको लक्ष्यका साथ ठूला दलको सहभागितामा गठित सरकारले स्थिरता कायम गर्दै आफ्नो गन्तव्यमा प्रभावकारिता वृद्धि गर्दै लगेको निष्कर्ष निकालेको हो । 
एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले सुशासन र सेवा प्रवाहका क्षत्रमा ध्यान दिनुुपर्नेमा जोड दिइएको बताउँदै दैलेखमा मिथेन ग्यासको उत्खननको प्रारम्भिक प्रतिवेदन आउनुुलगायतका काम थप उपलब्धिका विषय भएको निचोड निकालेको जानकारी दिए । साथै, उनले नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनालाई ६ महिनाका लागि गरिएको निलम्बन पनि फुकुवा गरेको बताए । २०८१ पुस १० गतेको सचिवालय बैठकले दुवैजनालाई जिम्मेवारीबाट हटाउँदै ६ महिनाका लागि निलम्बन गरेको थियो ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  २०:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार