सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमार्फत प्रदान गरिएका दिर्घ साधना राष्ट्रिय पुरस्कारलाई दुई पुस्ताका स्रष्टाहरूलाई समर्पित ऐतिहासिक सम्मानका रूपमा वर्णन गरेका गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा बुधबार आयोजित नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१ को अवसरमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै उक्त कुरा उद्घोष गरेका हुन् । नौ जना स्रष्टाहरूलाई राष्ट्रिय सम्मान प्रदान गर्दै उनले भने, ‘यहाँहरूको साधनाले नै नेपालको साहित्यिक र सांस्कृतिक यात्रा बाँचेको छ। अब हामीले विदेशी भाषाका गीत सुन्ने बाध्यता हटाएर आफ्ना शब्द, स्वर र सङ्गीतको त्रिवेणीलाई विश्वभर गुञ्जयमान बनाएका छौं ।’ मन्त्री पाण्डेले लामो साधना र निरन्तर अभ्यासबाट खारिएका स्रष्टाहरूबाटै राष्ट्रको सांस्कृतिक धरोहरको संरक्षण, पुस्तान्तरण र प्रवद्र्धन सम्भव हुने विश्वास व्यक्त गरे । उनले भने, ‘हाम्रो अभौतिक संरचना हस्तान्तरण गर्नुपर्ने सन्देश यस कार्यक्रममा प्रस्ट रूपमा आएको छ ।’ राष्ट्रपतिको समउपस्थितिमा प्रदान गरिएका सम्मान राष्ट्रले आफ्नो पहिचान, सम्पत्ति र पूँजीप्रति गरेको आदरको प्रतीक भएको मन्त्री पाण्डेको भनाइ थियो। उनले प्रतिष्ठान, संस्थान र भाषा आयोगले गरिरहेका कदरको प्रशंसा गर्दै स्रष्टाहरू समाजको नायक र राष्ट्रिय पहिचानको वाहकका रूपमा चित्रण गरे ।