जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

बुधबार, असार ११, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

मुगु । जुम्ला जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोटमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । आज तिला गाउँपालिकाको कुडारीबाट चुलाकोटतर्फ ढुङ्गा ल्याउने क्रममा १ त ६४७२ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दुर्घटनामा परी तिला–५, चुलाकोटका २३ वर्षीय कामदार लोकेश बुढाको घटनास्थलमै मृत्यु भएको हो । सोही ट्याक्टरका चालक ३० वर्षीय कर्ण जैशी गम्भीर घाइते भएका छन् । ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक असिम हमालले जानकारी दिए । घाइते चालक जैशीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला तर्फ ल्याउँदै गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार