पूर्वाधार विकास समितिमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीबारे छलफल

बुधबार, असार ११, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । पूर्वाधार विकास समितिमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीबारे छलफल भएको छ । प्रतिनिधिसभा अन्तर्गत बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकले सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीबारे छलफल गरेको हो । छलफलमा बोल्दै पूर्वाधार विकास समितिका सभापति दिपक सिंहले आयोजनाको अध्ययन गर्नको लागि एउटा उपसमिति गठन गर्न आवश्यक रहेको बताए । उनले उपसमिति बनाउँदा एक एक जना सबै दलबाट प्रतिनिधि पठाउँदा राम्रो हुने बताए । उनले भने, ‘आयोजनाको अध्ययन गर्नको लागि एउटा उपसमिति गठन गर्ने सबैको कुरा समितिमा आएको छ । उपसमिति बनाउँदा एक एक जना आफ्नो आफ्नो दलबाट प्रतिनिधि पठाउँदा राम्रो हुनेछ । आजको यस बैठकले देशभरीका राष्ट्रिय गौरवका योजनाहरुबाटै योजना प्रमुख नै राख्ने निर्णय गर्नुपर्ला । समितिले मागेका प्रमाणपत्रहरु समितिमा मगाईकन अध्ययन गर्नुपर्नेछ ।’ यसैगरी, समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य आयोजनाको (डिएफएसआर) तथा अध्यावधिक खरिद गुरुयोजना स्वीकृत भएको जनाइएको छ । वातावरणीय प्रभाव अध्ययन (EIA) प्रतिवेदन र पुरक वातावरणीय प्रभाव अध्ययन (SEIA) स्वीकृत भएको समेत छलफलमा जानकारी गराइएको छ । २०७७ फागुन २० गते आयोजना निर्माण कार्यको शिलान्यास भएर हालसम्म ४६.६१ हे.जमिनको मुआब्जा वितरण सम्पन्न भैइसकेको समेत समितिमा जानकारी गराइएको थियो ।  

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १९:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार