एक हजार पाँच सयले घट्यो सुनको मूल्य 

बुधबार, असार ११, २०८२

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज तोलामा एक हजार पाँच सय रुपैयाँले सुनको मूल्य घटेको हो ।  मंगलबार तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ । मंगलबार चाँदी तोलाको दुई हजार एक सय ६० रुपैयाँमा कारोबार भएको थियो भने आज आज चाँदी तोलामा २० रुपैयाँले घटेर दुई हजार एक सय ४० रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार