एमालेको सचिवालय बैठक बस्दै

बुधबार, असार ११, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ ।  बुधबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । आजको बैठकमा विधान महाधिवेशनको तयारी, समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।  एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार