सोसल मिडिया
Contact Us
युनिकोड
सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ का लागि चार अर्ब ३८ करोड २७ लाख १५ हजारको बजेट नगर सभामा प्रस्ताव गरेको छ । मंगलबार भएको वीरेन्द्रनगरको सत्रौ नगर सभामा नगरपालिकाले आगामी बर्षको निती, बजेट, योजना र कार्यक्रमसहितको आय व्ययमा सो प्रस्ताव गरिएको हो । नगर सभामा नगर उपप्रमुख निलकण्ठ खनालले ५१ करोड ६३ लाख ५० हजारको आन्तरिक आयसहित कूल चार अर्ब ३८ करोड २७ लाख १५ हजारको रुपैयाँको बजेट विनियोजन गरेको छ । वीरेन्द्रनगर नगरपालिकाले संघीय सरकारको वित्तीय सामानीकरण अनुदान २४ करोड २४ लाख, संघीय सरकारको सशर्त अनुदान २ अर्व २० करोड ८ लाख, संघीय सरकारको राजश्व बाँडफाँडबाट २० करोड ५७ लाख ९३ हजार रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ ।