यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर 

मंगलबार, असार १०, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ५१ पैसा र बिक्री दर १३९ रुपियाँ ११ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ३७ पैसा र बिक्रीदर ८८ रुपियाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ४८ पैसा र बिक्रीदर १०० रुपियाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ १२ पैसा र बिक्रीदर १०७ रुपियाँ ५९ पैसा तोकिएको छ । यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ३७ पैसा र बिक्रीदर नौ रुपियाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २७ पैसा र बिक्रीदर १९ रुपियाँ ३५ पैसा, थाइ भाट एकको खरिददर चार रुपियाँ २० पैसा र बिक्रीदर चार रुपियाँ २२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ६९ पैसा र बिक्रीदर १० रुपियाँ, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६४ पैसा र बिक्रीदर १७ रुपियाँ ७२ पैसा निर्धारण गरिएको छ । साथै, युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ७९ पैसा र बिक्रीदर १५९ रुपियाँ ४८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपियाँ २९ पैसा र बिक्रीदर १८६ रुपियाँ नौ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपियाँ १९ पैसा र बिक्रीदर १६९ रुपियाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २२ पैसा र बिक्रीदर १४ रुपियाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ २९ पैसा र बिक्रीदर २१ रुपियाँ ३८ पैसा तोकिएको छ । त्यसैगरि, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ९२ पैसा र बिक्रीदर ३७ रुपियाँ आठ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ र बिक्रीदर ३८ रुपियाँ १६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ७२ पैसा र बिक्रीदर ३७ रुपियाँ ८८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २५ पैसा र बिक्रीदर ३२ रुपियाँ ३९ पैसा कायम भएको छ ।  त्यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ छ पैसा र बिक्रीदर ४५४ रुपियाँ दुई पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपियाँ ११ पैसा र बिक्रीदर ३६८ रुपियाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपियाँ ७४ पैसा र बिक्रीदर ३६१ रुपियाँ ३० पैसा रहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार