सुनको मूल्य स्थिर

सोमबार, असार ९, २०८२

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि सोहि मूल्यमा सुनको कारोबार भएको थियो । यसैबीच सोमबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । यसअघि आइतबार तोलामा २ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार भने २ हजार १७० रुपैयाँ तोला कायम भएको छ ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १४:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार