बजेटको न्यायपूर्ण वितरण हुनुपर्छ : पूर्ण बस्नेत

सोमबार, असार ९, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संघीय सरकारले ल्याएको बजेटको न्यायपूर्ण वितरण हुनुपर्ने बताएका छन् । बस्नेतले बजेटबारे टिप्पणी गर्दै देश र जनतालाई केन्द्रमा राखेर बजेटको वितरणलाई न्यायपूर्ण बनाउन माग गरेका हुन् । बस्नेतले भने, ‘बजेटको न्यायपूर्ण वितरणले मात्र न्यायपूर्ण समाजको निर्माण गर्न मद्दत गर्छ ।  देशभरीका जनताको करबाट बनेको बजेट केही मन्त्रीको निर्वाचन क्षेत्रमा खन्याइनु दुखद् छ । बजेटको असन्तुलित वितरणलाई सच्याइनुपर्छ ।’   सत्तापक्षका सांसदहरुले समेत बजेटको वितरणप्रति आपत्ति जनाइरहेको भन्दै बजेटलाई नेतामुखी हैन जनमुखी बनाउनुपर्नेमा उनले जोड दिए ।  

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार