सुर्खेतदेखि पैदल यात्रा गरी काठमाडौं आएका नवराज बोहोराले भेटे प्रचण्डलाई

सोमबार, असार ९, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डलाई  सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा गरी काठमाडौं आएका नवराज बोहोरा भेट गरेका छन् । भेटमा बोहराले वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लागेको जानकारी दिएका थिए ।  अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पारे । उनले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना पनि दिएका छन् । 

WhatsApp-Image-2025-06-23-at-08.53.36-1750648376.jpeg
 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार