यस्तो आउँदै छ गोदावरीको नीति तथा कार्यक्रम र बजेट 

सोमबार, असार ९, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

बज्रबाराही (ललितपुर) । यतिबेला देशै भरका स्थानीय तह नीति तथा कार्यक्रम र बजेट निर्माणमा व्यस्त छन् । नेपालको संविधानले संघ, प्रदेश तथा स्थानीय तह सरकारलाई आफ्ना लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने अधिकार दिएको छ । संविधानले दिएको सोही अधिकार अनुसार नै तीनै तहका सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने गरेका छन् । ललितपुरका ६ वटा स्थानीय तह पनि नीति तथा कार्यक्रम र बजेट निर्माणको चटारोमा छन् । यस्तैमा गोदावरी नगरपालिका पनि आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट निर्माणमा व्यस्त छ । कस्तो बनाउँदै छ त गोदावरी नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट ? यसै सन्दर्भमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनसँग शब्दपाटीले बजेट तथा नीति तथा कार्यक्रमबारे साेद्दा उहाँ भन्नुहुन्छ, ‘विपद् पछिको पूर्वाधारलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिने छ ।’ 
 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार