सडक बिस्तारको विषयमा झडप हुँदा प्रहरीसहित १० घाइते

शनिबार, असार ७, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

रौतहट । सर्लाहीमा सडक बिस्तारको विषयमा विवाद हुँदा दुई पक्ष बिच झडप भएको छ । झडपमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित १० जना घाइते भएका छन भने प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ । आफ्नो जग्गा बढी मिचिएको भन्दै गएको बिहीबार एक जना महिला बरहथवा नगरपालिका–४ खैराटोलमा ढलान भइरहेको सडकमा आएर बिरोध गरेपछि गाउँले हटाएका थिए । सोही दिनदेखि बढ्दै गएको विवाद बिहान भने झडपमा परिणत भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार झडप नियन्त्रणमा लिनेक्रममा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीवाकर गणेश र वरिष्ठ हवल्दार प्रमेश्वर राय यादव घाइते भएका छन् । सर्लाहीका प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार प्रहरी निरीक्षक गणेशको हातमा चोट लागेको छ । झडपमा   ५० वर्षका टीकाबहादुर कार्की, ५२ वर्षका कुलबहादुर कार्की, ४२ वर्षीय रमेश महतो कोहरी, उनकी श्रीमती ३८ वर्षीया इन्दु देवी, रमेशकै छोराहरु २८ वर्षीय अनिल कुशवाहा र २६ वर्षीय प्रदीपकुमार कुशवाहा, ३५ वर्षीय उमेश महतो र बरहथवा नगरपालिका–१४, का ३५ वर्षीय सञ्जय कुशवाहा घाइते भएको उनले जानकारी दिए । झडपमा घाइते भएकाको उपचार बरहथवास्थित सरकारी अस्पतालमा भइरहेको छ । झडपको विषयमा सोधपुछ गर्न प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ । अहिले स्थिति नियन्त्रणमा रहेको र अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Photo1-(1)-1750520651.jpeg
 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  २१:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार