दोलखामा जारी ‘च्छोरोल्पा संवाद’ आज समापन हुँदै

शनिबार, असार ७, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

दोलखा । दोलखामा जारी ‘जलवायु परिवर्तन सम्बन्धी च्छोरोल्पा संवाद’ कार्यक्रम आज समापन हुँदैछ ।  बागमती प्रदेश सरकारको आयोजनामा ‘गौंरीशंकरको रक्षा हिमालदेखि तराईसम्मको सुरक्षा विषयक जलवायु परिवर्तन’सम्बन्धी च्छोरोल्पा संवाद विहीबारदेखि दोलखाको सिंगटीमा सुरु भएको थियो ।  शनिबार समापन कार्यक्रम बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल सहभागी भए । संवाद कार्यक्रममा जलवायु परिवर्तनबाट देखिएका चुनौतीको विषयमा छलफल भएको थियो ।  कार्यक्रममा वन निर्देशनालयका निर्देशक विधानाय झा, बन तथा भू संरक्षण विभागका उपमहानिर्देशक अजित कर्ण, पूर्वराष्ट्रिय सभा सदस्य पार्वती रावल, बन तथा वातावरण मन्त्रालयका पूर्वमन्त्री विशाल खड्कालगायतको उपस्थिति रहेको छ ।

Photo-(4)-(2)-1750519941.jpeg
 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  २१:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार