कल्पवृक्ष तेस्रो वर्षमा

वार्षिकोत्सवमा युवाले अआफ्नो प्रस्तुति दिने
शनिबार, असार ७, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपाली युवाहरूको एक समूहले सञ्चालन गर्दै आएको एक संगठन हो कल्पवृक्ष, जसले विशेषतः युवा कल्याणमा पछिल्लो तीन वर्षदेखि काम गर्दै आएको छ। औपचारिक रूपमा यो संगठनमा हाल ११ जनाको  कार्यसमिति  रहेको छ । जसमा अध्यक्ष नितमराज पौडेल, उपाध्यक्ष मोनिका श्रेष्ठ, महासचिव पंकज भट्टराई, सचिव अविनभ खनाल र कोसाध्यक्ष शेखर थापा रहेका छन् । कल्पवृक्षसँग केही स्वयमसेवक पनि रहेका छन् ।  अध्यक्ष नितमराज पौडेल भन्छन्, ‘यो कलेजको क्यान्टिनमा जन्मिएको एउटा संगठन हो, हाम्रो पालामा युवाहरूको लागि अवसर निकै सीमित थियो । हामीलाई हिंसा, मानसिक स्वास्थ्य र  यौन दुर्व्यवहार बारे थाहाँ थिएन, यसले गर्दा केही आफैं सुरु गरौँ जस्तो लाग्यो ।’ 
कल्पवृक्ष विगत तीन वर्षदेखि विभिन्न विद्यालयहरूमा गएर बालबालिकाको लागि मानसिक स्वास्थ्य र विभिन्न संवेदनशील विषयमा आवश्यक तालिम दिँदै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । हरेक वर्ष कल्पवृक्षले युवाहरूको लागि युवान्तर र गुन्जन जस्तो कार्यक्रम सञ्चालन गर्छ जसमा उहाँहरूले एउटा प्लेटफर्म पाउँछन्। अझ मुख्य गरी कल्पवृक्षले वार्षिक रूपमा  "history : gaze at the maze "  नामक वर्कशपमा काम गर्छ जसले देशको इतिहास बारे युवावर्गलाई चासो होस र संकृती को संरक्षण होस् भन्ने उद्देश्य राखेको छ । आज शनिबार पनि कल्पवृक्षले आफ्नो तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा  पोङ रेस्टुरेन्ट, मिड बानेश्वरमा गुन्जन ३.० कार्यक्रम राखेको छ । जहाँ कल्पवृक्षले गर्दै आएको कामको चर्चा सँगै, युवाहरू आफूसंग भएको कला जस्तै साहित्य, संगीत र अन्य थुप्रै कला प्रदर्शनी गर्ने ठाउँ पाउनेछन् ।

WhatsApp-Image-2025-06-19-at-10.57.34-(1)-1750473089.jpeg
 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  ०८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार