ललितपुर महानगरको नीति तथा कार्यक्रम 

अण्डर ग्राउण्ड रिचार्जलाई अभियान बनाउने

निजी जग्गामा भएका पानीको मुहान संरक्षण गर्न जग्गा अधिग्रहण गर्ने 
शनिबार, असार ७, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

ललितपुर । ललितपुर महानगरले परम्परागत पानीका मुहान संरक्षण गर्न ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रुपमा अघि बढाउने भएको छ । महानगरको सातौं नगरसभामा आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख चिरीबाबु महर्जनले  ढुंगेधारा , कुवा, इनार र पोखरीजस्ता स्रोतलाई संरक्षण गर्न विशेष ध्यान दिने बताए ।  त्यसैगरी निजी जग्गामा रहेका पानीका मुहानहरु संरक्षणका गर्न महनगरले अधिग्रहण गरेर मुहान संरक्षण गरिने प्रमुख महर्जनले पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । खानेपानीको मुहानको संरक्षण, विकास गर्न अन्तरपालिका तथा सरोकारवाला निकायबीच समन्वय गर्ने समेत नीतिमा उल्लेख छ । यसैगरी खोकना, बुङमती धापाखेल, सुनाकोठीमा खानेपानी व्यवस्थापनका लागि पानीट्याङ्की निर्माणको काम थलिने छ । यसैगरी परम्परा राजकुलो , जलमार्गलाई पुनर्जिवित गर्न र परम्परागत  पानीको मुहानको पानी स्रोत विस्तार गर्न आवश्यक कार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

na-sava-1750460909.jpg
ज्येष्ठ नागरिकलाई निशुल्क थेरापी 
ललितपुर महानगरले ’ज्येष्ठ नागरिकसँग महानगर’ कार्यक्रमलाई विस्तार गरी निशुल्क थेरापीको सेवा समेत दिने भएको छ ।  महानगरभित्रका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको लागि संंचालित यो कार्यक्रमलाई विस्तार गरी थेरापी सेवा समेत दिन लागिएको महानगरले शुक्रबार आयोजित नगरसभामा पेश गरेको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरसभामा नीति तथा कार्यक्रम पेश गर्दै नगर प्रमुख महर्जनले महानगरमा स्थायी रुपमा बसोबास गर्ने ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई निमोनिया रोग विरुद्धको खोप दिने व्यवस्थालाई पनि निरन्तरता दिने बताए । यसैगरी नगरभित्रका नागरिकलाई गुणस्तरीय र पहुँच योग्य स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य नीति लागू गर्ने प्रमुखले बताए । 

फागुन महिना नसर्ने रोग परीक्षण महिना 
ललितपुर महानगरले फागुन महिनालाई नसर्ने रोग परीक्षण महिनाको रुपमा व्याख्या गर्दै अभियान संचालन गर्ने भएको छ । 
शुक्रबार आयोजित सातौँ नगरसभामा पेश गरिएको नीति तथा कार्यक्रममा मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, क्यान्सर, मोटोपन जस्ता नसर्ने रोग न्यूनीकरणका लागि ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नाराका साथ यो अभियान संचालन गर्ने नीतिमा उल्लेख छ ।

496511227_23902953169321340_2594611137146697317_n-1750460908.jpg
 

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  ०४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार