सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुरको ग्वार्को स्थित ओभर पासको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उदघाटन गरेका हुन् । शुक्रबार उनले उक्त फ्लाइओभर उद्घाटन गरेका हुन् । उद्घाटनपछि सवारी साधन सञ्चालन भएका छन् । ललितपुरको ग्वार्को चोकमा नेपालकै पहिलो ओभर पासको निर्माण भएको हो । गएको शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो ।