सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा माओवादीसँग भएको सहमतिबाटै समस्याको समाधान हुने स्पष्ट पारे । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसदीय प्रणालीमा मुख्य विपक्षी दल मुख्य हुने भएकाले माओवादीसँग भएको समझदारी बमोजिम नै सदन अघि बढिरहेको बताए । उनले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसँग सहमति भइसकेकाले अन्य दलसँग सहमति गर्नु आवश्यक नरहेको बताएका छन् । माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन अघि बढ्ने भन्दै दल र व्यक्तिपिच्छेसँग सरकारले सम्झौता गर्दै नहिँड्ने बताएका हुन् । बर्तौलाले रास्वपाले उठाएका विषयलाई समाधान गर्न सरकारले प्रतिबद्धता जनाइसकेको अवस्थामा निलो रिबन र कालो लुगा लगाएर रास्वपाका सांसदहरूले स्टन्ड गर्न खोजेको जिकिर गरे । संसदीय पद्धतिलाई ग्रहण गर्न रास्वपा असफल देखिएको उनको भनाइ छ । उनले भने ‘ भिजिट भिसा प्रकरणमा माओवादीसँग भएको सहमतिबाटै समस्याको समाधान हुने देखिएको छ । अहिलेको बर्तौलाले संसदीय प्रणालीमा मुख्य विपक्षी दल मुख्य हुने भएकाले माओवादीसँग भएको समझदारी बमोजिम नै सदन अघि बढिरहेको छ । माओवादीसँग भएको सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन अघि बढ्ने भन्दै दल र व्यक्ति पिच्छेसँग सरकारले सम्झौता गर्दै हिड्दैन । रास्वपाले उठाएका विषयलाई समाधान गर्न सरकारले प्रतिबद्धता जनाइसकेको अवस्थामा नीलो रिबन र कालो लुगा लगाएर रास्वपाका सांसदहरूले स्टन्ड गर्न खोजेको थियो । संसदीय पद्धतिलाई ग्रहण गर्न रास्वपा असफल देखिएको छ । भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षीसँग सहमति भइसकेकाले अन्य दलसँग भने सहमति गर्नु आवश्यक छैन’ ।