अख्तियारको टोलीद्वारा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव पक्राउ 

शुक्रबार, असार ६, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्साको बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई पक्राउ गरेको छ ।  काठमाडौँबाट खटिएको आयोगको टोलीले श्रीवास्तवलाई विभिन्न योजनाहरूको स्वीकृति, खरिद आदेश तथा ठेक्कासम्बन्धी प्रक्रियामा अनियमितता गरी अवैध रूपमा घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरेको हो ।  आयोगका अनुसार, श्रीवास्तवले सार्वजनिक पदको दुरुपयोग गरी व्यक्तिगत लाभ लिने उद्देश्यले गैरकानुनी रकम मागेको र लिएको प्रमाण भेटिएको छ। अख्तियारले  श्रीवास्तवविरुद्ध कानुनी कारबाही अघि बढाएको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले श्रीवास्तव पक्राउ परेको पुष्टि गरेका छन् । उनका अनुसार अख्तियारको टोलीले निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवलाई  पक्राउ हो । अख्तियारले पक्राउ परेका श्रीवास्तवलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । घटनामा संलग्न अन्य व्यक्तिबारे पनि छानबिन भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार