रास्वपा र राप्रपाका सांसदहरुले सदन छाडे

शुक्रबार, असार ६, २०८२

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो विरोध कायमै राख्दै बैठकबाट बाहिर निस्किएका छन् ।  शुक्रबार बैठक सुरु हुने वित्तिकै रास्वपा र राप्रपाले विरोध जनाएका थिए तर सभामुखले विरोधका बाबजुत बैठक अगाडि बढाएपनि उनीहरु बाहिर निस्किएका हुन् ।  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठन हुनुपर्ने माग गर्दै उनीहरूले लगातार विरोध गर्दै आएका छन् ।  रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएका छन् । यद्यपि सभामुख घिमिरेले विरोधका बीच बैठकलाई अगाडि बढाइरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार