जसपा नेपालले गर्यो केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

शुक्रबार, असार ६, २०८२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।  शनिबार र आइतबार (असार ७ र ८ गते) पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजनालगायतका विषयहरुमा बैठक केन्द्रित हुने बस्नेतले बताए ।

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार