जन्मकैदको फैसलालाई उल्ट्याउने न्यायाधीशहरूमाथि छानविन सुरु

बिहीबार, असार ५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

रौतहट । पूर्वमन्त्री मोहम्मद आफताब आलमलगायतलाई दिएको जन्मकैदको फैसलालाई उल्ट्याउने न्यायाधीशहरूमाथि नै छानबिन थालिएको छ ।  राजपुर बमकाण्डमा मारिएका त्रिलोकप्रताप सिंहका बुवा ८४ वर्षीय श्रीनारायण सिंह र अधिवक्ता युवराज सफलले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीश खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि नै छानबिनको माग गर्दै न्याय परिषद्मामा निवेदन दर्ता गराएका थिए ।  न्याय परिषदको बिहीबार बसेको बैठकले न्यायाधीशद्वयलाई  इजलासमा बस्नबाट रोक लगाउँदै सर्वोच्चमा हाजिर हुन बोलाइएको हो ।

Photo-(1)-(3)-1750337812.jpeg
०६४ चैत्र २८ गते भएको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन बम बिस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै ईंटाभट्टामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताब आलम सहितलाई ०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेको थियो ।  उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले  आलमसहित उनका भाई मोहम्मद महताद आलम, शेख सराज र बद्रि सहनीलाई जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै सफाइ दिएको हो । पाँच बर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएका आलम अदालतको फैसलासंगै रिहाई भएका थिए ।

Photo-(2)-(3)-1750337812.jpeg
 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार