१३ वर्षीया नेपाली किशोरीको सीमाबाट उद्धार

बिहीबार, असार ५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

रौतहट । एक १३ वर्षीया नेपाली किशोरीलाई विभिन्न निकायको सहयोगमा उद्धार गरिएको छ । भारतीय शहर रक्सौल सीमामा भारतको सीमा सुरक्षा बल (एसएसबी), जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त अपरेसनमा किशोरीको उद्धार गरिएको हो ।  किशोरीलाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजादै गरेको अवस्थामा सीमा क्षेत्रबाट उद्धार गर्न सफल भएको भारतीय सुरक्षा निकायले उल्लेख गरिएको छ ।
काठमाडौंबाट किशोरीलाई राम्रो जागिर तथा विहे गर्ने प्रलोभन देखाएर लैजादै गरेको अवस्थामा उद्धार गरिएको भारतीय सुरक्षा अधिकारीहरुले बताएका छन । किशोरीले स्टार मेकर एपमार्फत भारत विहार पूर्वी चम्पारणका शेख रिजवानसग मित्रता भएको र पछि प्रेम सम्बन्धमा परिणत भएको किशोरीले बताइन् ।  मानव तस्करी रोधी इकाईले तत्काल कारबाही गर्दै किशोरीलाई सुरक्षित राखी रिजवानलाई रक्सौलको हरैया थानामा बुझाएको छ । रिजवानविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान जारी छ  ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार