प्रतिनिधिसभा बैठकमा विरोध कायमै

बिहीबार, असार ५, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध कायमै राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक बहिष्कार गरेको छ । यी दुई पार्टीले बैठक सुरु हुने बित्तिकै उठेर विरोध गरेका हुन् भने विरोध हुँदाहुँदै पनि बैठक चलेको भन्दै राप्रपाले बैठक बहिष्कार गरेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै उनीहरूले प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार