सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, पसलहरु पुनः सञ्चालनमा 

बिहीबार, असार ५, २०८२

काठमाडौं । सरकारले माग सम्बोधन नगरेपनि सुनचाँदी व्यवसायीले हालका लागि आन्दोलन स्थगित गरेका छन् ।बुधबार सम्पन्न संयुक्त राष्ट्रिय भेलाले आन्दोलन रोक्ने निर्णय गरेपछि बिहीबारदेखि काठमाडौँसहित बागमती प्रदेशका पसल पुनः सञ्चालनमा आएका छन् । महासंघले असार मसान्तसम्मका लागि अल्टिमेटम दिएको छ । व्यवसायीले सुनमा लगाइएको २५ विलासिता कर र हिरा–रत्नमा लगाइएको १३५ भ्याट हटाउन, साथै नेपाल–भारतबीच सुनको भन्सार दर समान बनाउन सरकारलाई आग्रह गरेका छन् । माग सम्बोधन नभए सशक्त आन्दोलनको चेतावनी दिइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १५:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार