पहिरोबाट मृत्यु भएका परिवारलाई राहत

बुधबार, असार २३, २०७८

दमौली । वर्षासँगै आएको पहिराबाट मृत्यु भएका तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङका पीडित परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत वितरण गरिएको छ । यही असार १७ गते आएको पहिरामा परी मृत्यु भएकाका परिवारलाई गण्डकी प्रदेश सरकारको तर्फबाट राहत वितरण गरिएको हो ।  पहिरामा परी उक्त ठाउँका ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया सर्किनीको मृत्यु भएको थियो । पीडितको घरमै पुगी गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री हरिबहादुर चुमानले रु ५० हजारका दरले राहत रकम प्रदान गरेका हुन् । सो क्रममा पूर्वमन्त्री चुमानले मृतक थापाका आफन्त सूर्यबहादुर थापामगर र मृतक सर्किनीका आफन्त जुनबहादुर बस्याललाई राहत रकम हस्तान्तरण गर्दै प्राकृतिक विपत्तिलाई रोक्न नसकिने भएपनि पूर्वतयारी अपनाउनुपर्नेमा जोड दिए । 
मृतकका परिवारलाई सङ्घीय सरकारका तर्फबाट पनि केही दिनभित्रै रु दुई लाख सहयोग प्रदान गरिने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । पहिराबाट जिल्लामा दुई जनाको मृत्यु भएको र १३ जना घाइते भएका थिए । 
 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  ०५:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, असार २३, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, असार २३, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, असार २३, २०७८