वाम लोकतान्त्रिक शक्तिहरुकै कारण देशमा ठूला आन्दोलनहरू सफल भएका छन : मन्त्री पाण्डे

बुधबार, असार ४, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकमा भएका ठूला राजनीतिक परिवर्तनहरू वाम लोकतान्त्रिक शक्तिहरूको सहकार्यकै कारण सफल भएको बताएका छन् ।  बुधबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८१’ समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले देशको ऐतिहासिक आन्दोलनहरूमा वाम लोकतान्त्रिक शक्तिको योगदान निर्णायक रहेको बताए ।  उनले भने, ‘पुष्पलालले देखाएको बाटो वास्तवमै सार्थक छ । वाम र लोकतन्त्र फरक धारका राजनीति भए पनि पुष्पलाल र बीपी कोइरालाबीच गहिरो सम्बन्ध थियो । बीपी भन्नुहुन्थ्यो, म राजनीतिक कार्यक्रम लेख्छु, तपाईं आर्थिक कार्यक्रम लेख्नुहोस् भनेर । यस्ता कुराहरू पढ्न पाइन्छ ।’ उनले पुष्पलालको योगदानलाई आजको पुस्ताले बुझ्न आवश्यक रहेको भन्दै पुष्पलाललाई सीमित व्यक्तिले मात्र चिन्ने अवस्था अन्त्य गर्नुपर्ने धारणा राखे ।
उनले भने, ‘पुष्पलाल राष्ट्रिय पुरस्कार निरन्तर सञ्चालन हुन्छ । यो विचारको निरन्तरता हो ।’ उनले २०६२/०६३ को जनआन्दोलनदेखि संविधान सभामार्फत संविधान जारी हुनुमा वाम र लोकतान्त्रिक शक्तिहरूको सहकार्यले नै सफलता दिलाएको दाबी गरे ।  कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट विभिन्न विधामा योगदान गर्ने व्यक्तिहरूलाई पुरस्कार प्रदान गरिएको थियो । राजनीतिक सैद्धान्तिक विधामा अर्घाखाँचीकी शान्ता मानवी, इतिहास विधामा मोरङका डा. मेदनप्रसाद सेढाइँ, तथा जनकी–उदयपुरका राममणी पोखरेललाई पुरस्कार प्रदान गरिएको थियो ।

Photo-(5)-(5)-1750259402.jpg
 

 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  २०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार