करको दर र दायरा पुनरावलोकनका लागि गृहकार्य गरिरहेको ललितपुर महानगरद्धारा विज्ञसँग छलफल 

बुधबार, असार ४, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

ललितपुर । राजश्व (कर) का दर र दायरा पुनरावलोकनका लागि गृहकार्य गरिरहेको ललितपुर महानगरपालिकाले विज्ञ टोलीसँग छलफल गरेको छ । आगामी आर्थिक ऐनमा यो विषयलाई समेट्ने गरी करको दर र दायारा पुनरावलोकनका लागि महानगरले विज्ञ समूहको परामर्श लिएर गृह कार्य गरिरहेको छ ।  त्रिवि केन्द्रीय अर्थशास्त्र विभागका प्राध्यापकहरूसँगको सहकार्यमा महानगरले करको दर र दायराका बारेमा अध्ययन गरिरहेको छ । स्थानीय राजश्व परामर्श समितिका संयोजक एवम् महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यसहित समितिका सदस्य तथा राजश्व प्रशासन महाशाखामा कार्यरत कर्मचारीहरूमाझ विज्ञ टोलीले महानगरको करको दर र दायरा समयानुकुल भए-नभएको, दर र दायरा बढाउन सकिने क्षेत्रसहितका विषयमा प्रस्तुति दिएका थिए । टोलीले काठमाडौं महानगरपालिका, भरतपुर महानगरपालिका तथा छिमेकी महालक्ष्मी नगरपालिकाका राजश्वका दरहरूको तुलनात्मक अध्ययन गरिरहेको छ । 

b0dcb4b8-d2a4-47dc-adef-366a454a2164-1750258476.jpg
40b55bab-4ef6-4548-88eb-2d689c9bde88-1750258478.jpg
8ccc5046-936f-4db4-a90b-a5d8ca92f2e5-1750258482.jpg
 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार