तरलता बढी भएपछि राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब झिक्दै

बुधबार, असार ४, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । बजारमा तरलता बढी भएपछि राष्ट्र बैंकले आज बजारबाट ९० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो । आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुचना मार्फत आहृवान गरेको छ । कममा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार