कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै

बुधबार, असार ४, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दैछ । बैठक बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।  बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ । बैठक कांग्रेस पूर्वसांसद ढुण्डिराज शास्त्रीको गत सोमबार निधन भएपछि शोक प्रस्ताव पारित गर्नेका लागि बोलाइएको हो । शास्त्री २०४८ र २०५१ सालमा अर्घाखाँची निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ११:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार