सोसल मिडिया
Contact Us
युनिकोड
गलकोट बागलुङ नगरपालिका–२ मा कस्मेटिक पसल गरी बस्ने ३९ वर्षीय युवा १० दिनदेखि बेपत्ता हुनुभएको छ । पर्वत जिल्लाको साविक देवीस्थान गाविस–६, हाल फलेवास नगरपालिका–५ घर भई बागलुङमा कस्मेटिक पसल गर्ने सूर्यप्रसाद घिमिरे (कृष्ण) १० दिनदेखि बेपत्ता भएका छन् । असार १३ साँझ ६ बजे घरबाट निस्किएका घिमिरेको भोलिपल्ट दिउँसो २ बजेसम्म फोन सम्पर्कमा रहे पनि त्यसपछि फोनसमेत अफ भएर सम्र्पकविहीन भएको श्रीमती प्रमिला घिमिरेले जानकारी दिइन् । बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङमा समेत खोजी कार्य गर्न निवेदन दिएपनि हालसम्म श्रीमान सम्र्पकमा आउन नसकेको घिमिरेको भनाइ छ । बेपत्ता घिमिरे सेतो धर्के सर्ट, कालो पाइन्ट, पहेँलो झोला बोकेर घरबाट निस्केका थिए ।