ललितपुर महानगर वडा नं. २९ मा आँखा कानको ‘मिनी अस्पताल’ 

बुधबार, असार ४, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

हरिसिद्धि (ललितपुर)  । ललितपुर महानगर वडा नं. २९ स्थित हरिसिद्धीमा  जल ः आँखा तथा कान उपचार केन्द्र सञ्चालनमा आएको छ ।  यो केन्द्र सञ्चालनमा आएपछि महानगरबासी र छिमेकी पालिकाका बिरामीलाई आँखा कानको उपचार गराउन सहज भएको वडाबासी र छिमेकी पालिकाका बासिन्दाले बताएका छन् ।  नेपाल नेत्र ज्योति संघको समन्वयमा  सगरमाथा चौधरी आँखा अस्पताल लहान, प्राविधिक सहयोगमा उक्त केन्द्र खोलिएको हो । केन्द्रको महानगर प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उद्घाटन गरे ।  महानगरका प्रमुख चिरीबाबु  महर्जनले यो उपचार केन्द्रले आँखा र कानको उपचारको लागि धाएर टाढाको अस्पताल धाउनुपर्ने समस्याको अन्त्य गरेको बताए । उनले भने, ‘यो मिनी अस्पतालको हो , यसले महानगरबासी र छिमेकी पालिकाको नागरिकको आँखा र कानलाई स्वस्थ राख्न सहयोग गर्छ ।’ यो केन्द्रलाई  घाँटीको उपचार सेवा समेत विस्तार गर्न सुझाव दिए ।  महानगरले शिक्षा , स्वास्थ्य लगायत सम्पदा क्षेत्रमा धेरै काम गरेको बताउँदै जेष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप, घर घरमा गएर महानगरबासीको उपचार, बीमा कार्यक्रम मार्फत स्वास्थ्य उपचारलाई प्राथमितामा राखेको बताए । उनले केन्द्र खोल्नु ठूलो कुरा नभएको बताउँदै यसको निरन्तरता महत्वपूर्ण भएको बताए ।  उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ठूला अस्पतालले दिने सेवा र सुविधा  वडामा खोलिएको केन्द्रबाट नै प्राप्त हुने प्रबन्ध मिलाउन सफल भएकोमा वडाअध्यक्षहरुको प्रशंसा गर्दै स्वास्थ्य क्षेत्रलाई महानगरले प्राथमिकतामा राखेको बताइन् । मानव शरीरको महत्वपूर्ण अंग आँखा र कानलाई स्वस्थ राख्नु अत्यावश्यक भएको बताइन् । 
वडा नं.२९ का वडा अध्यक्ष गणेश कुमार महर्जनले केन्द्रको संचालनले आँखा, कानको उपचारको लागि धाएर टाढा जानु नपर्ने बताएका छन् । छिमेकी पालिका र र महानगरको अन्य वडाका बासिन्दालाई समेत उपचारका लागि हरिसिद्धीको यो केन्द्रमा उपचारका लागि आउन उनले अनुरोध गरे ।  कार्यक्रममा सगरमाथा चौधरी अस्पतालका प्रमुख, नेत्रज्योति संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

WhatsApp-Image-2025-06-18-at-06.19.29-(1)-1750215476.jpeg
 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार