गोरखा तीनवटा विद्यालयका ३५ विद्यार्थीलाई दीप नेपालद्वारा शैक्षिक सामग्री प्रदान

बुधबार, असार ४, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

सिरानचोक (गोरखा) । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको गैह्रसरकारी संस्था दीप नेपालले गोरखा सिरानचोक हर्मीका तीन सामुदायिक विधालयमा अध्ययनरत ३५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ । सिरानचोक हर्मीका सरस्वती प्रा. वि, विज्ञान प्रा. वि र  शिखर ज्योती प्रा.विमा अध्ययनरत विधार्थीहरूलाई  सिकाई सहजिकरणमा सहयोग पुर्‍याउने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरिरएको हो । गत आइतबार ती विद्यालयमा भएको छुट्टाछुट्टै कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिकसामग्री प्रदान गरिएको दीप नेपालका सयोजक  विष्णु सापकोटाले जानकारी दिए ।   जेहन्दार विद्यार्थीहरुको पहिचान गरी उनीहरुलाई पठनपाठनमा सहज होओस् भन्ने उद्देश्यले शैक्षिकसामग्री प्रदान गरिएको  हो । आईतवार प्रत्येक विद्यालयमा अलग अलग कार्यक्रम आयोजना गरी शैक्षिक सामग्री प्रदान गरिएको थियो ।

WhatsApp-Image-2025-06-17-at-21.27.04-(1)-1750215162.jpeg
शैक्षिक सामग्री वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष  जगदिश्वर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा  विद्यार्थीहरुलाई कपी, कलम, ज्यामिट्री बक्स, झोला लगायतका महत्त्वपूर्ण शैक्षिकसामग्री वितरण गरिएको थियो । कार्यक्रममा दीप नेपालका सैयोजक सापकोटाले संस्थाको उदेश्य माथि प्रकाश पारेका थिए । विद्यालयका शिक्षिकाले  स्वागत मन्तव्य राखेकी थिईन  कार्यक्रमको सहजीकरण विधालय कै शिक्षिकाले गरेका थिए ।  सबै विद्यालयको कार्यक्रममा जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु प्रहरी प्रमुख , अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । दीप नेपालले यसअघि पनि ती विद्यालयमा अध्ययनरत विद्यार्थी पहिचान गर्दै शैक्षिक सामग्री प्रदान गरेको थियो । संस्थाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने समेत  जानकारी दिएको छ । 

WhatsApp-Image-2025-06-17-at-21.27.04-(2)-1750215162.jpeg
 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार