३१ दिन पैदल यात्रा गरेर काठमाडौं आएका बोहोराले प्रधानमन्त्री भेट्न पाएनन्

मंगलबार, असार ३, २०८२
Global Ime Bank

काठमाडौं । ३१ दिन यात्रा तय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न संघीय राजधानी काठमाडौं आएका सुर्खेतका नवराज बोहोरा प्रधानमन्त्रीसँग भेट गर्न दिइएन् ।  मंगलबार सुर्खेतबाट खाली खुट्टा पैदल यात्रा गरी काठमाडौं आएका बोहरा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुग्दा उनलाई प्रहरीले अवरोध गरेको थियो । प्रहरीको निगरानीमा रहेका उनलाई प्रधानमन्त्रीलाई भेट्नै नदिइ फर्काइएको थियो । त्यसपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री एवम मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । त्यहाँपनि उनले प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन् । उनले मुख्यसचिव एकनारायण अर्याललाई भेटेर आफ्ना मुद्दाबारे जानकारी गराउनुभएको प्रहरीले जनाएको छ । सिंहदरबारमा संचारकर्मीसँग बोल्न खोजेका बोहोरालाई प्रहरीले अवरोध गरेको थियो ।  अनियमितता र भ्रष्ट्राचार विरुद्ध खाली खुट्टा पैदल अभियान र कर्णालीको मुद्दा लिएर उनी जेठ ४ गते सुर्खेतबाट हिँडेका थिए ।  उनी कर्णालीका मुद्दाहरु एवम अनियमितता र भ्रष्ट्राचारका विषयहरु लिएर काठमाडौं आएका हुन् । 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १४:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार