प्रतिनिधिसभा बैठक बस्दै ,यस्तो छ कार्यसूची

मंगलबार, असार ३, २०८२
Global Ime Bank

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक मंगलबार बस्दैछ । बैठक आज दिनको १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो ।  आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची रहेको छ ।  यसैगरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित सङ्घघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै सङ्घघीय निजामती सेवा विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार