सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा कर सहभागिता बढाउने विषयमा महत्वपूर्ण छलफल भएको थियो । राजस्व अभिवृध्दिका लागि महानगर भित्र रहेका उद्यमी व्यवसायीसहित सबै सरोकारवालाको सक्रिय सहभागिता तथा सहकार्य आवश्यकता रहेकोमा छलफल कार्यक्रमले जोड दिएको छ । राजश्व (कर) सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम ललितपुर महानगरपालिकाकाकी उपप्रमुख एवम् स्थानीय राजश्व परामर्श समितिका सयोजक मञ्जली शाक्य बज्रचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघ ललितपुर अध्यक्ष विश्जराज बज्राचार्य, निवर्तमान अध्यक्ष मनोज बहादुर न्याछ्योंसहित ललितपुर उद्योग वाणिज्य संघका पदाधिकारी, ललितपुर उद्योग वाणिज्य संघमा आवद्ध उद्यमी व्यवसायहीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा महानगरपालिका राजश्व प्रशासन महाशाखा प्रमुख सहजित राईले महानगरपालिकाले उठाउने कर (राजश्व) का विषयमा प्रस्तुतिकरण दिनुभएको थियो ।