सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सत्ताको दमनका कारण सदन रोकिएको बताएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठक रोकिएपछि संघीय संसद बाहिर संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले सदनले उम्किने बाटो नरोजी जनतालाई स्पष्ट पार्न आग्रह गरिन् । उनले भनिन्,‘छानबिन समितिप्रति चित्त बुझाउने ठाँउ छैन । नयाँ बनाउने भनी वार्ता गर्ने वित्तिकै सहमतिमा आउन सकिन्छ ।’ उनले सभामुखले सबै दललाई एकैठाँउमा भेला गराएर सदन संचालन गर्ने बाटोतर्फ लैजाँदा सबैको हित हुने समेत बताइन् । उनले दिर्घकालिन समाधानका लागि उच्च स्तरको छानबिन समिति बनाउन प्रस्ताव राख्दा सत्तापक्षबाट अस्वीकार भएकाले आफूहरु एक्सनमा उत्रिएको बताइन् । सांसद गौतमले भिजिट भिसा प्रकरणबारे सत्यतथ्य खबरहरु बाहिर आउन आवश्यक रहेको बताइन् । ‘रास्वपाको आन्दोलन केही हप्तादेखि चलिआएको छ । भिजिट भिसा प्रकरणबारे सत्यतथ्य खबरहरु बाहिर आउन आवश्यक छ । यसमा सरकार संवेदनसिल हुन आवश्यक छ । त्यसको लागि दिर्घकालिन रुपमा उच्च किसिमको छानबिन समिति बनाउन प्रस्ताव राख्दा सत्तापक्षबाट अस्वीकार हुँदा सदन अवरुद्ध गर्न वाध्य छौं,’ उनले भनिन् । उनले सबै दलहरुलाई एकै ठाउँमा राखेर छलफल गरे समस्याको निकास निकाल्न सकिने बताइन् ।