सांस्कृतिक अभियानमा ‘क्रान्तिका गीत’ गाएर नाचे विप्लवसहित नेताहरू

सोमबार, असार २, २०८२
Global Ime Bank

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक नेत्र विक्रम चन्द ‘विप्लव’सहित नेताहरू सोमबार काठमाडौंमा आयोजित सांस्कृतिक कार्यक्रममा गीत गाएर, नाचेर रमाएका छन् । ‘सामना सांस्कृतिक अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा नेता विप्लवसँगै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूले क्रान्तिका गीत गाएर नृत्यमा सहभागी भएका थिए । कार्यक्रममा ‘सबैले कुरा बुझ्नुपर्छ, क्रान्तिकारीहरू जुट्नुपर्छ अनि समाजवाद छिट्टै ल्याउनुपर्छ’ भन्ने गीतमा नेताहरूले सामूहिक रूपमा स्वर मिलाएका थिए । सांस्कृतिक प्रस्तुतिसहित उनीहरू क्रान्तिप्रतिको प्रतिबद्धता जनाउँदै रमाइलो गरिरहेका देखिन्थे । सांस्कृतिक अभियानमार्फत पार्टीले राजनीतिक सन्देश दिनुका साथै जनता र कार्यकर्तासँगको सम्बन्ध अझ सशक्त बनाउने उद्देश्य लिएको बताइएको छ । फोटो र भिडियोहरू पनि सार्वजनिक भएका छन्, जसमा नेताहरू नाचगानमा सहभागी हुँदै गरेका देख्न सकिन्छ ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १९:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार