सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले यस वर्षको बजेटमा युवा शक्तिहरुलाई देशमा रोक्ने र कलकारखानाहरु खोल्ने उद्देश्य नराखेको बताएका छन् । संसदीय प्रशिक्षण शाखाको आयोजना तथा पूर्वाधार विकास समिति, प्रतिनिधि सभा र नेपाल पूर्वाधार पत्रकार समाजको सहकार्यमा सोमबार भएको नेपालमा पूर्वाधार विकास र संसदीय निगरानी कार्यक्रममा बोल्दै उनले सांसदहरु आफ्नो क्षेत्रमा कसरी योजना धेरै पार्ने भन्नेमा मात्र केन्द्रित रहेको भन्दै फलदायी बजेट नआएको बताए । ‘हाम्रो उद्देश्य के हुन्छ भने मेरो चुनाव क्षेत्रमा कसरी योजना धेरै पार्ने र साढे २ वर्षपछि फेरी कसरी आउने भन्ने बाहेक हामीमा केही छैन । बजेट आएको छ यसमा त्यो उद्देश्य छैन कसरी हामीले युवा शक्तिहरुलाई देशमा रोक्ने, नयाँ नयाँ कलकारखानाहरु खोल्ने भन्ने यो बजेटले कतैपनि देखाएको छैन । आज भएको उद्योग पनि बन्द हुने अवस्था छ ।’ उनले नदि तटबन्धमा प्रयोग गरिने जालीहरुमा १० प्रतिशत भन्सार बढाउनु न्यायोचित नभएको बताए । यसैगरी कार्यक्रममा बोल्दै राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति ठाकुर गैरेले संसदीय निगरानी अनुगमन, प्रस्तुतिहरु परम्परा धान्नका लागि मात्र गर्ने गरेको बताए । ‘हाम्रा प्रस्तुुतिहरु प्रस्तुतिका लागि प्रस्तुति, अनुगमन पनि अनुगमनका लागि अनुमगन, हाम्रो लोकतन्त्र चुनावदेखि चुनावसम्म भएको छ यो ठाउँबाट हामी अगाडि बढ्ने बेला भयो कि भएन । अनुमगन भईरहेकाको नतिजा के आयो भन्ने कोणबाट बहस गर्ने थाल्नुपर्छ,’ उनले भने ।